Event

पञ्च दिवसीय धर्म ज्ञान साधना शिविर

Date: 29-Jun-2025
पञ्च दिवसीय धर्म ज्ञान साधना शिविर
श्री कृष्ण प्रणामी मंगलधाम, सिक्किमको आयोजनामा पञ्च दिवसीय धर्म ज्ञान साधनाशिविर तारिख 29 जुन 2025 देखि 3 जुलाई 2025 सम्म भव्य रूपमा सम्पन्न हुन गइरहेको छ।
यो विशेष शिविर सिक्किम राज्य श्रीकृष्ण प्रणामी धर्मसभा, सिक्किम श्रीकृष्ण प्रणामी धर्म संत संगठन, श्री बाईज्युरज संघ तथा युवा परिषदको संयुक्त तत्वावधानमा आयोजना हुँदैछ। शिविरमा बाल-बालिकाहरूलाई धार्मिक ज्ञान, आचारविचार, संस्कार, योगा, सेवापूजा, भजन, ध्यान (चितवनी), विराट, चर्चनी, नैतिक शिक्षा, प्रणामी सिद्धान्त आदि विषयमा शिक्षण प्रदान गरिनेछ।
अतः सबै अभिभावकज्यूहरूमा आफ्ना बालबालिकाहरूलाई अनिवार्य रूपमा सहभागी गराई शिविरको उचित लाभ लिनुहुन हार्दिक अनुरोध छ।
प्रवेश शुल्क रु. १०० मात्र।
स्थान – श्रीकृष्ण प्रणामी मंगलधाम,
सिक्किम