Event

नवनिर्मित अतिथि सदनको उद्घाटन
३१३ तारतम वाणी पाठ, पारायण,

Date: 19-Apr-2026
श्रीकृष्ण प्रणामी मंगलधाममा नवनिर्मित अतिथि सदनको उद्घाटन! धर्मपरायण सुन्दरसाथजी, अपार हर्षका साथ यो सूचित गरिन्छ कि भारतको पूर्वोत्तर राज्य सिक्किममा अवस्थित श्रीकृष्ण प्रणामी धर्मको सुप्रसिद्ध, पर्यटकीय महत्व राख्ने तथा अति पवित्र तीर्थस्थल श्रीकृष्ण प्रणामी मंगलधामको अतिथि सदनको निर्माण कार्य सम्पन्न भएको छ। श्री राजजीको कृपा, ब्रह्मलीन गुरुजी श्री १०८ मंगलदास महाराजको प्रेरणा तथा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्रीज्यूको उत्साहपूर्ण सहयोगबाट नवनिर्मित अतिथि सदनको उद्घाटन समारोह आगामी 19 अप्रैल 2026 देखि 25 अप्रैल 2026 सिक्किमको इतिहासमा स्वर्ण अक्षरमा अंकित अत्यन्त पावन दिन अक्षय तृतीया जुन शुभ तिथिमा सिक्किम अधिराज्यमा गादी अभिषेक सम्पन्न भएको दिन विक्रम संवत् २०८३ बैशाख ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रूपमा ३१३ तारतम वाणी पाठ, पारायण, श्रीमद् तारतम वाणी चर्चा र श्रीमद्भागवत महापुराणको भव्य र दिव्य आयोजना हुने भएको छ। यस उद्घाटन समारोहमा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्रीकृष्णमणि महाराजश्री, श्री ५ नवतनपुरीधाम जामनगर, अनन्त विभूषित जगतगुरु आचार्य श्री सूर्यनारायणदास महाराजश्री, श्री ५ महामंगलपुरीधाम सूरत, धर्मगुरु श्री ५ पद्मावतीपुरीधाम पन्ना तथा परमहंस पीठका पीठाधीश्वर र सनातन धर्मका धर्मप्रचारकहरूको पवित्र उपस्थिति रहनेछ। उक्त कार्यक्रममा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्रीज्यू-को करकमलबाट अतिथि सदनको उद्घाटन हुने निर्णय गरिएको छ। यस पवित्र उद्घाटन समारोहमा सपरिवार उपस्थित भई कार्यक्रमको पूर्ण लाभ लिन हार्दिक निमन्त्रण गर्दछौँ।प्रणाम