Event

ग्रीष्मकालीन धर्म ज्ञान साधना शिविर (दोस्रो सेसन) 

Date: 28-Jun-2026
प्रिय बालबालिका, युवा वर्ग तथा आदरणीय अभिभावकज्यूहरू,

ग्रीष्मकालीन बिदाको यस सुनौलो अवसरलाई सदुपयोग गर्दै बालबालिका तथा युवाहरूमा आध्यात्मिक, नैतिक र संस्कारयुक्त जीवन निर्माण गर्ने पवित्र उद्देश्यले "पञ्च दिवसीय धर्म–ज्ञान साधना शिविर" आयोजना गरिएको छ।

आजको आधुनिक युगमा ज्ञानसँगै संस्कार, चरित्र निर्माण, अनुशासन, सदाचार, भक्ति तथा मानवीय मूल्यहरूको विकास अत्यन्त आवश्यक भएको छ। यही उद्देश्यलाई आत्मसात गर्दै श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किम को नेतृत्वमा सञ्चालन हुने यस शिविरमा धर्मज्ञान, साधना, सत्सङ्ग, भजन–कीर्तन, व्यक्तित्व विकास तथा जीवनोपयोगी शिक्षाका विविध कार्यक्रमहरू समावेश गरिएका छन्।

अतः सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबालिका तथा युवाहरूलाई यस पुण्यमय शिविरमा सहभागी गराई उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउन हार्दिक अनुरोध गर्दछौँ। साथै उमेर समूहभित्र पर्ने सम्पूर्ण बालबालिका तथा युवाहरूलाई उत्साहपूर्वक सहभागी भई धर्म, ज्ञान र संस्कारको अमूल्य निधि प्राप्त गर्न सादर निमन्त्रणा गर्दछौँ।

📅 मिति: २८ जुन २०२६ देखि २ जुलाई २०२६ सम्म
📍 आयोजक: श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किम
📝 दर्ताको अन्तिम मिति: २५ जुन २०२६
💰 पञ्जीकरण शुल्क: रु. १००/- मात्र

आउनुहोस्, धर्म–ज्ञान, संस्कार र आत्मिक उन्नतिको यात्रामा सहभागी बनौँ।

🙏 प्रणाम
श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किम